कोरोना विरुद्धको खोप सातै प्रदेशमा, बुधबारदेखि खोप लगाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोना विरुद्धको खोप सातै प्रदेशमा, बुधबारदेखि खोप लगाउने तयारी

काठमाडौं, ११ माघ । कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’सरकारले सातै प्रदेशमा पठाएको छ ।

गत बिहीबार नेपाल आइपुगेको खोप सरकारले सातै प्रदेशमा पठाएको हो ।खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिएको थियो । खोप लगाउने कार्यक्रम बुधबारबाट हुने मन्त्रालयले जानकारी दिएको छ ।

पहिलो चरणम यी खोप सातै प्रदेशका फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गरिरहेका चार लाख ३० हजार कर्मचारीलाई लगाइनेछ । ०.५ मिलिलिटरको खोप दुई डोज लगाउनु पर्ने भएकाले हाल करिब ५ लाख जनालाई खोप लगाउने तयारी भएको हो ।खोपलाई स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा रेफ्रिजेरेटर भ्यानले पु¥याइरहेको छ ।

सात प्रदेश र ७७ जिल्ला गरी विभिन्न ३०० वटा अस्पतालमा खोप लगाइने मन्त्रालयले जनाएको छ । काठमाडौंमा १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।खोप दुई पटक लगाउनुपर्ने र पहिलोपटक लगाएको करिब १ महिनापछि खोपको दोस्रो मात्रा दिइने भएको छ । बुधबारबाट सुरु खोप अभियान सुरु हुने र एक हप्ताभित्र खोप लगाइसक्ने मन्त्रालयको योजना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);