बागलुङ, १० माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई धारमा विभाजित भएपछी त्यसको असर स्थानिय सरकारमा समेत पर्न थालेको छ ।बागलुङ नगरपालिकको आठौ नगरसभामा सभासद र वडा अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको टिप्पणी गरेपर्छी नेकपा वाट निर्वाचित जनप्रतिनिधी दुई धारमा विभाजित भएका छन् ।
नगरसभा बिशेषगरी बिकास निर्माण, स्थानीय कानून निर्माण लगायतको बिषयमा मात्रै छलफलमा लाग्ने गरेकोमा पहिलो पटक वर्तमान राष्ट्रिय राजनीतिले बहसको रुपमा पनि प्रवेश भएको हो । यसरी राजनीतिले बहस पाएपछि वक्ताहरुले पक्ष र बिपक्षमा मत जाहेर गरेका छन् । अधिकांसले संसद बिघटन असंवैधानिक कदम भएको आरोप लगाए ।
गत पुस २९ गते औपचारिक रुपमा सुरु भएपनि नगरसभामा राजनीतिक एजेण्डाको रुपमा कुनै फाइल दर्ता भएको थिएन । तर शुक्रवार भएको समापन समारोहमा आधादर्जन वडा अध्यक्षले समय मागेर बोल्दै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको आरोप लगाए । उनीहरुको भनाइमा सभासदले पनि ताली पिटेर समर्थन समेत गरेका छन् ।नगरसभाका नियमित कार्यसूचि सकिएपछि पहिलो पटक समय मागेर वडा नं. ५ का अध्यक्ष शिवप्रसाद सापकोटाले मंचमा उक्लेर प्रधानमन्त्रीको असंवैधानिक कदमको खुलेर बिरोध गरे ।
उनले प्रस्तुत गरेको लिखित प्रतिवेदनमा प्रधानमन्त्रीको कदम असंवैधानिक भएको आरोप लगाए । देशलाई गम्भिर राजनीतिक संकटतर्फ उन्मुख गराउने कदमप्रति घोर आपत्ति प्रकट गर्न नेकपा वाट निर्वाचित वहुमत वडा अध्यक्ष तथा सदस्यहरुले हस्ताक्षर गरेको प्रस्ताव नगरसभामा पेश गरेका थिए ।तर उक्त प्रस्तावले औपचारिकता भने पाएन । नगरसभा संचालन ऐनमा दुइदिन अघि दर्ता गरेको प्रस्ताव मात्र सभामा औपचारिक एजेण्डा हुनेमा ढीला आएकोले दर्ता नभएको जनाई्रको छ ।
नगरसभामा नेकपा वाट निर्वाचित जनप्रतिनिधीले प्रधामन्त्रीको गलत कदमले गर्दा देश शंकटमा परेको आरोप लगाएतका थिए ।सापकोटाले प्रस्तुत गरेको प्रस्तावमा नेकपाका साथै नेपाली काग्रेस राष्ट्रिय जनमोर्चावात निर्वाचित जनप्रतिनिधीले समेत समर्थन गरेका थिए ।नगर प्रमुख जनकराज पौडेलले लोकतन्त्रमा राष्ट्रिय र स्थानीय राजनीतिक बहस र छलफल गर्नपाउने भन्दै बोल्ने स्वतन्त्रता भएको बताए ।
उने आफुहरु संसदीय अभ्यास पनि गरिरहेको भन्दै बोल्न पाउने अधिकारको सुरक्षा गरेको वताए । नगरप्रमुख पौडेलले औपचारिक प्रस्ताव दर्ता नभएकोले निणयार्थ प्रस्तुत गर्नु नपरेको वताए नगरसभाले पुरक प्रस्तावको रुपमा केही करका दर संशोधन गर्ने, बिपत व्यवस्थापन कोषमा ५० लाख रुपैया“ बिनियोजन गर्ने प्रस्ताव पास गरेको छ । बन्जीजम्म लगायतका साहसिक खेलमा टिकटको कमाइबाट १ प्रतिशत शुक्ल लगाउने एजेण्डा पास गरेको छ ।
त्यस्तै गत पुस २९ गतेको सभामा पेश भएको प्रकृतिक श्रोत साधनको उपयोग सम्बन्धी ऐन पास गरेको छ । सभामा नाफामुखी सहकारीले उठाएको फोहोर मैलाको शुल्क नगरको जिम्मामा आएपछि नघटाएको, कोरोनाबाट प्रभावित भएको व्यवसाय करमा २५ प्रतिशत कर छुट दिने जस्ता बिषय नगरपालिकाले नल्याएको भन्दै सहभागिले बिरोध गरेका थिए । लेखा समितिका संयोजक कमल खड्काले फोहोरको व्यवस्थापन गर्दा उपभोक्ताले आन्दोलन गर्न पाउने नैसर्गिक अधिकार सुरक्षित राख्न माग गरे ।