कोरोना भाइरसविरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युटमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

कोरोना भाइरसविरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युटमा आगलागी

एजेन्सी, ८ माघ । कोरोना भाइरसविरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो ।

आगो निभाउन १० बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् । आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

सेरमले भारतमा अक्सफोर्ड-अष्ट्राजेन्काले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन उत्पादन गरिरहेको छ।

बिहीबार नेपाल आएको १० लाख डोज भ्याक्सिन पनि सेरमले नै बनाएको हो । सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);