सुमन गाहा
पाल्पा, ८ माघ । पाल्पामा भरूवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताउनुभयो ।
बुधबार बिहान ३ बजे बन्दुक पड्किएको आवाज सुनिएको थियो। मृतकका दाजु नरबहादुरले बन्दुक पड्किएको आवाज सुनेपछि घटनास्थल पुगेका थिए । मृत अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका पचभैयाले बताउनुभयो ।
मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।