एजेन्सी, ८ माघ । जो बाइडनले ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिनुभएको छ । डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराउनु भएको हो । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको हो ।
कोरोना भाइरसको महामारीको कारण शपथ ग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो भने दुई साताअघि भएको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । यसपटकको शपथग्रहण समारोह भने यसअघिको भन्दा फरक देखिएको थियो ।
समारोहमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी हुनुभएन । नयाँँ राष्ट्रपतिको शपथग्रहणमा सहभागी नहुने ट्रम्प चौथो तथा १ सय ५० वर्ष यताको पहिलो अमेरिकी राष्ट्रपति हुनुहुन्छ ।
सपथ ग्रहण समारोहमा बाइडनले यो दिन अमेरिकाको लागि इतिहास र आशाको दिन रहेको उल्लेख गर्नुभयो । बाइडेनले संविधान, प्रजातान्त्रिक पद्धति र अमेरिकाको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।





All the world have new hope from him n