डडेल्धुरा, ६ माघ । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको अमरगढी नगरपालिका–२ माैरडामा से १ त ३८१३ नम्बरको ट्याक्टर दुर्घटना हुदा ३५ बर्षका गणेश बहादुर ऐरको मृत्यु भएको हो।
दुर्घटनामा परि ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
घाईते हरुको उद्वार गरि डडेल्धुरा अस्पतालमा उपचार भईरहेकाे डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो ।