एजेन्सी, ४ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले साउथह्याम्टनलाई पाजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा लेस्टरले साउथह्याम्टनमाथि २–० गोल अन्तरको जित निकालेको हो । खेलको ३७ औं मिनेटमा जेम्स मेडिसनको गोलबाट लेस्टरले अग्रता बनायो ।
दोस्रो हाफको अन्तिम समयमा हार्वे वर्नले गोल गर्दै लेस्टरको जित सुनिश्चत गरेका थिए । जितसँगै लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने शीर्ष स्थानको म्यान्चेष्टर युनाईटेडसंगको दुरी १ अंकमासमेत झारेको छ ।
यस्तै, तेस्रो स्थानको लिभरपुलसंग दुई अंकको अग्रता लिएको छ । साउथह्याम्टन २९ अंक सहित तालिकाको आठौं स्थानमा छ ।