काठमाडौँ, २ माघ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम आर्मीले गण्डकी प्रदेशसामू २ सय ८८ रनकोे विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
किर्तिपुर क्रिकेट मैदानमा शुक्रबार बिनोद भण्डारीको शतकीय इनिङ्ससंगै टिम आर्मीले गण्डकी प्रदेशलाई २ सय ८८ रनकधो विजयी लक्ष्य प्रस्तुत ठुलो लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनायो । बिनोद भण्डारीले उद्घाटन खेलमै शतकिय इनिङ्स खेलेपछि आर्मीले गण्डकी सामु ठुलो लक्ष्य प्रस्तुत गरेको हो ।
बिनोदले ९ चौका र ५ छक्काको मदतले १ सय ११ रन बनाए । यस्तै, राजु रिजालले ४५ रन बनाएको इनिङ्समा लोकेश बलमे ४२ र राजेश पुलामी मगरले ३८ रनको योगदान दिए ।
गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २ विकेट लिए । दिपेश खत्री र चन्द्र पौडेलको नाममा एक एक विकेट रह्यो ।