बडीमालिका नगरपालिकालाई सहयोग विभिन्न साझेदार निकायलाई सम्मान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बडीमालिका नगरपालिकालाई सहयोग विभिन्न साझेदार निकायलाई सम्मान

बाजुरा, २८ पुष बाजुराको बडीमालिका नगरपालिकाले आठौं नगर सभा तथा हिउँदे अधिवेशनको अवसरमा विभिन्न तहबाट नगरपालिकालाई सहयोग गर्ने साझेदार तथा सहयोगी नियकालाई सम्मान गरेको छ ।

सोमबारबाट सूरु भएको नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशनको अवसरमा बडीमालिका नगरपालिकालाई कोभिड–१९ को व्यवस्थापन, बाढी पहिरोबाट प्रभावितलाई सहयोग तथा अन्य विकासका गतिविधिमा सहयोग गर्ने साझेदार संघ–संस्था तथा सहयोगी व्यक्तिहरुलाई सम्मान गरेको हो ।

त्यस्तै नगरपालिकाले कोभिड–१९ का बेला क्वारिन्टाईन स्थलमा सहयोग गर्ने विद्यालय र बर्षातको समयमा गएको बाढि पहिरोबाट प्रभावित बनेकालाई उद्धार तथा राहतमा सहयोग गर्ने विभिन्न सहयोगी निकाय, कोभिड–१९ को बेला सूचना सम्प्रेषण गर्ने संचार माध्यम सरकारी तथा गैरसरकारी संघ संस्था लगायतलाइ सम्मान गरेको हो ।

गत बर्ष चैत ११ गते देखि भएको लकडाउन कोभिट १९ को बेला र गत साउनमा अबिरल बर्षासंगै भएको बाढि र पहिरोका बेला बिभिन्न निकायले उल्लेख्य भुमिका निर्बाह गरेको भन्दै नगरपालिकाको ८ औँ नगरसभाबाट सम्मान गरेको हो ।

मंगलबार बडीमालिका नगरपालिको आठौँ नगर सभाको निर्णय सार्बजनिकिकरण तथा कोभिड–१९ र बिपद् सुरक्षा एबं सम्मान कार्यक्रमको आयोजना गरि सहयोगी निकायलाई सम्मान गरिएको नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन ।जिल्लामा अबस्थित गैर सरकारी संस्था नेपाल प्रहरी नेपाली सेना ससस्त्र प्रहरी वल स्वास्थ्य सस्था लागयतका बिभिन्न निकायहरूलाइ आगामी दिनको सहयोग अपेक्षा र यस अघिका दिनमा गरेको सहयोगलाइ मनन गर्दै नगर सभाबाट सम्मान गरेको नगर प्रमुख बडुवालले बताएका छन् ।

कोभिड– १९ को महामारीको बेला क्वारेन्टीन निर्माण तथा व्यवसथापन गर्ने विद्यालय तथा अन्य निकाय, सुचना प्रवाह गर्ने संचारमाध्याम, स्वास्थ्य उपचार गर्ने स्वास्थ्य संस्था, तथा विपदको बेला राहात प्रदान गर्ने सहयोगी निकाय, समन्वय गर्ने सरकारी तथा गैरसरकारी कार्यालय , होटल ब्यबासायी बजार ब्यबस्थापन समिति लगायत सम्पुर्ण सहयोगी निकायलाई प्रशंसा पत्र सहित सम्मान गरेको नगरप्रमुख बडुवालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);