एजेन्सी,२२ पुष। कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य संगठन डब्लुएचओले तय गरेको टिमलाई चीन प्रवेशमा रोकिएको छ ।चीनले सो टोलीलाई प्रवेशमा रोक लगाएको हो। डब्लुएचओको टिममा रहेका दुई सदस्य यसअघि नै चीनका लागि प्रस्थान गरेका थिए ।
एकजना प्रवेश नपाएपछि फर्किएका छन् भने अर्का एकजना पनि फर्किन लागेका जनाइएको छ ।अध्ययनबारे लामो वार्तापछि चीन र डब्लुएचओबिच सहमति भएको थियो । कोरोना भाइरसको उद्गमस्थल वुहानको मासु बजारबाट कोरोना भाइरसले जनावरबाट मानिसमा संक्रमणको क्रम थालेको विश्वास गरिन्छ । त्यसबारे स्पष्ट हुन डब्लुएचओले विज्ञसहितको अनुसन्धान टोली बनाएको छ ।
सन् २०१९ को अन्त्यमा वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो ।चीनले अहिलेसम्म पनि अध्ययन टोलीको आगमन प्रक्रियालाई पूर्णता नदिएको विषयले गम्भीर रुपमा निराश बनाएको डब्लुएचओले जनाएको छ ।
चीनले आन्तरिक प्रक्रिय पूरा गरेर टिमको प्रवेश चाँडै सुनिश्चित हुने आश्वासन डब्लुएचओलाई दिएको बताइएको छ ।अध्ययनका लागि डब्लुएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञहरुलाई चीन पठाउने तयारी गरेको छ । कोरोनाका बिषयमा डब्लुएचओले जनवरी २०२१ देखि अध्ययन सुरु हुने घोषणा गरेको थियो ।