एजेन्सी,२२ पुष। टोटनह्याम काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति घरेलु मैदानमा भएको सेमिफाइनल खेलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
टोटनह्यामका लागि १२ औँ मिनेटमा मौउसा सिसोको तथा ७० औँ मिनेटमा सन हेङ्ग–मिनले गोल गरे । ८४ औँ मिनेटमा डासिल्भा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा सीमित भएको थियो ।
सन् २००८ मा चेल्सीलाई पराजित गरेर लिग कपको उपाधि जितेको टोटनह्यामले त्यसपछिका खेलहरुमा उपाधि उचाल्न सकिेको छैन ।