ट्रम्पले चुनाव अधिकृतलाई भोटको व्यवस्था गर्न दबाब दिएको फोन रेकर्ड सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

ट्रम्पले चुनाव अधिकृतलाई भोटको व्यवस्था गर्न दबाब दिएको फोन रेकर्ड सार्वजनिक

एजेन्सी, २० पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया राज्यका वरिष्ठ चुनाव अधिकृतलाई केही भोटको व्यवस्था गर्न दबाब दिएको फोन रेकर्ड सार्वजनिक भएको छ ।

आफ्नो जित सुनिश्चित गर्न ट्रम्पले सेक्रेटरी अफ स्टेट ब्राड रेफेनस्पर्जरलाई चुनावमा धाँधली भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रह गरेको फोन रेकर्ड सार्वजनिक भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको फोन रेकर्डमा राष्ट्रपति ट्रम्पले रेफेनस्पर्जरसँग केवल ११ हजार ७ सय ८० भोट चाहेको भन्दै दवाव दिनु भएको छ । जर्जियामा राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याट उम्मेदवार जो बाइडेन विजयी हुनुभएका थिए ।

जर्जियामा बाइडेनले २४ लाख ७३ हजार ६ सय ३३ मत प्राप्त गरेका थिए । जुन ट्रम्पले प्राप्त गरेकोभन्दा ११ हजार ७ सय ७९ मत धेरै हो ।

त्यसैले राज्यमा जितका लागि बाइडेनले प्राप्त गरेको भोटभन्दा बढी आफ्नो भोट बनाउन ट्रम्पले चुनाव अधिकारीलाई दबाब दिनुभएको हो । फोनमा राष्ट्रपति ट्रम्पले आफूले भनेबमोजिम नगरे रेफेनस्पर्जरलाई कानुनी चुनौतीको सामना गर्नुपर्ने धम्की पनि दिनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);