वडादशैँ पछिको चतुर्दशी तिथिः आज पनि टिका लगाईंदै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

वडादशैँ पछिको चतुर्दशी तिथिः आज पनि टिका लगाईंदै

काठमाडौं, १८ असोज । आज वडा दशैँ पछिको चतुर्दशी तिथि टिका लगाउन नपाएका वा नभ्याएकाहरुले पूर्णिमाका दिनसम्म मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिने परम्परा छ। टिका लगाएर आशिर्वाद लिन टाढाटाढाबाट आफन्तजनको पुग्ने क्रम जारी छ।

कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आफुभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);