नेपाली कांग्रेसले आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउदैं | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

नेपाली कांग्रेसले आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउदैं

काठमाडौं, १६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउदैं छ । विक्रम संवत २०३३ साल १६ पुसमा ८ वर्षे निर्वासनपछि कांग्रेसका संस्थापक नेता वीपी कोइरालासहितका नेताहरु स्वदेश फर्केको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।

दिवसका अवसरमा आज कांग्रेसले देशका ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम गर्दैछ । मेलमिलाप दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमार्फत सभापति शेरबहादुर देउवा र नेता प्रदीप गिरिले विचार व्यक्त गर्ने बताइएको छ ।

८ वर्षको भारत प्रवासपछि कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गरेर निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल हालिएको थियो ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई जोगाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्केका नेता वीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति र राजशक्ति मिल्नुपर्ने धारणा राख्नुभएको थियो । कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);