कांग्रेसले ७७ वटै जिल्लामा मनायो मेलमिलाप दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसले ७७ वटै जिल्लामा मनायो मेलमिलाप दिवस

nepali congress

काठमाडौं, १६ पुस । आज राष्ट्रिय मेलमिलाप दिवस । २०३३ सालमा आफूविरुद्ध मृत्युदण्ड सहितका सातवटा मुद्दा कायम रहेका वेला राष्ट्रिय स्वाधिनताको रक्षाका लागि भन्दै मेलमिलाप नीति लिएर फर्किएको दिनको सम्झनामा कांग्रेसले ७७ वटै जिल्लामा कार्यक्रमा गरेको छ । सरकारले मेलमिलाप नचाहेको र प्रजातान्त्रिक संस्थाहरुलाई कमजोर पार्न थालेकोअरोप लगाइरहँदा कांग्रेसको आन्तरिक मेलमिलापलाईलिएर भने प्रश्न उठिरहेका छन् ।

२०१५ सालमा भएको पहिलो आम निर्वाचनबाट दुइतिहाई बहुमत प्राप्त गरेको वीपी कोइराला नेतृत्को सरकारलाई तात्कालिदनराजन महेन्द्रले सैन्य ‘कु’ गरी अपदस्त गरेपनि नेपालमा लोकतन्त्रको लडाइ जारी रहेको थियो ।

प्रधानमन्त्री पदबाट सिधै जेल पुगेका वीश्वेश्वरप्रसाद कोइराला आठ वर्षपछि २०२५ सालमा निर्वासित जीवन विताउने सर्तमा रिहा भएका थिए । त्यसपछिको आठ वर्षे निर्वासित जीवनमा विश्व राजनीति नयाँ मोडमा पुग्यो ।

स्वतन्त्र सिकिमलाई जनमत संग्रहको नाटक मार्फत भारतमा विलय गराइयो । भारतमा संकटकाल जारी थियो । वीपी कोइरालालाई भारतीय प्रधानमन्त्रीमार्फत नेपालको रक्षा र परराष्ट्र नीति भारतले हेर्नेगरी प्रधानमन्त्री बन्न प्रस्ताव आयो।

प्रस्ताव लगत्तै वीपीको मनमा राष्ट्रियता खतरामा पर्ने चिन्ता सुरु भएपछि आफूविरुद्धका मुद्दा बेवास्ता गर्दै बिपी स्वदेश फर्किएका थिए । ३०३३ साल पुष १६ गते नेपाल फर्किएर वीपीले राष्ट्रिय शक्तिकाबीच एकताको सन्देश दिएर विज्ञप्ती जारी गरेको थिए ।

वीपीसँगै गणेशमान सिंह, सैलजा आचार्य, खुमबहादुर खड्का सहितका नेता स्वदेश फर्किएको दिनलाई कांग्रेसले राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरेको छ । वीपीले राष्ट्रिय मेलमिलाप भन्दै फर्किएपछि पनि कम्युनिष्टसँग मिलेर जान हुँदैन भन्ने दृष्टिकोण राखेका थिए ।

अहिले राजतन्त्र हटेको छ । कम्युनिष्टसँगै मिलेर गणतन्त्र आएको छ । तर पनि कांग्रेसले मेलमिलाप दिवस भने मनाइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);