काठमाडौं, १२ पुष । राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते आह्वान गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।