इयू र बेलायतबीच पोस्ट–ब्रेक्जिट व्यापार सम्झौतामा सहमति | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

इयू र बेलायतबीच पोस्ट–ब्रेक्जिट व्यापार सम्झौतामा सहमति

एजेन्सी, १० पुष । युरोपियन युनियन र बेलायतबीच पोस्ट–ब्रेक्जिट व्यापार सम्झौताको सहमतिमा पुगेका छन् । महिनौँसम्मको असहमतिपछि बिहीबार इयू र यूकेबिच पोस्ट–ब्रेक्जिट ट्रेड डिलमा सहमति भएको हो ।

बेलायत र इयूबीच नदीमा माफ मार्ने अधिकार फिसिङ्ग राइट र भविष्यको व्यापार नियमलाई लिएर लामो समय सहमति जुट्न सकेको थिएन । सहमतिपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफुहरुको कानून र भाग्य आफ्नो पक्षमा ल्याएको बताएका छन् ।

सम्झौताको विस्तृत विवरण सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री जोन्सनले पूरै युरोपका लागि राम्रो हुने गरि सम्झौता भएको बताउनुभएको छ । योसँगै बेलायत र इयूबिच दुई भिन्न व्यापार नियम र बजार हुने छन् भने मानिसहरुको स्वतन्त्र आवतजावत पनि रोकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);