प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाईः यस्तो छ, आजको ईजलास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाईः यस्तो छ, आजको ईजलास

काठमाडौ, १० पुस । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज सुनुवाई हुने भएको छ। प्रधामनन्त्री केपी शर्मा ओलीको शिफरिसमा राष्ट्रपति बिद्या भण्डारीले पुस ५ मा प्रतिनिधिसभा बिघटन गर्नु भएको थियो।

प्रतिनिघिसभा विघटन संविधान विपरित भएको भन्दै सर्बोच्चमा दर्जन रिट परेका थिए। ती सबै रिट बुधबार प्रधामन्यायाधीश चोलेन्द्र शम्सरे राणको एकल इजलासमा पेश भएका थिए। राणाको एकल ईजालासले सबै रिट शुक्रबार संबैधानिक अदालतमा पेश गर्न आदेश दिएको थियो।

सो आदेश अनुसार ती सबै रिट एकै ठाँउमा राखेर आजबाट सुनुवाई शुरु हुने भएको छ। यसका लागि प्रधानमन्याधीश राणाको अध्यक्षतामा न्यायाधीशहरु अनिकुमार सिन्हा, तेजबहादुर केसी, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठ रहेको सबैधानिक इजालस गठन भएको छ।

सबैधानिक ब्यबस्था कार्यविधि अनुसार यो ईजालासमा न्यायाधीशहरुबीच राय बाझिएमा बहुमत अल्पमतका आधारमा निर्णय हुने छ । यसको कुनै पुनरावेदन नालाग्ने ब्यबस्था छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);