संसदबाट पारित कोरोना राहत प्याकेज प्रमाणिकरण नगर्ने ट्रम्पको संकेत | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

संसदबाट पारित कोरोना राहत प्याकेज प्रमाणिकरण नगर्ने ट्रम्पको संकेत

एजेन्सी, ८ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा परेका नागरिकाका लागि तय भएको राहत प्याकेज परिमार्जन गर्न आग्रह गर्नुभएको छ ।

अमेरिकी संसदको दुवै सदनबाट पास भएको ९ खर्ब अमेरिकी डलर बराबरको राहट प्याकेजमा अनावश्यक खर्च रहेको र तर नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै ट्रम्पले संशोधन गर्न आग्रह गर्नु भएको हो । संशोधन नभएको प्याकेजलाई हस्ताक्षर नगर्ने ट्रम्पले उल्लेख गर्नुभएको छ ।

ट्वीटरमा भिडियो सन्देश जारी गरेर ट्रम्पले राहत प्याकेजमा विदेशी तथा अनावश्यक कामका लागि खर्च छुट्याइएको तर समस्यामा परेका अमेरिकीलाई मात्रै ६०० डलर दिने व्यवस्था रहेकाले त्यसमा परिमार्जन हुनु पर्ने उल्लेख गर्नुभएको छ ।

अमेरिकी नागरिकले पाउने राहत रकमको दुई हजार डलर बनाउनु ट्रम्पको सुझाव छ । कोरोना भाइरस सहायता विधेयक भनिए पनि त्यसमा कोरोनासँग सम्बन्धित कुनै पनि व्यवस्था नरहेको ट्रम्पको टिप्पणी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);