एजेन्सी, १७ असोज । भारतमा धर्मगुरुको नाममा आपराधिक काममा संलग्न भएका बाबा रामरहीम यतिखेर बलात्कार अभियोगमा २० बर्ष कारावास सजाय भोगिरहेका छन् । उनका सबैभन्दा नजिक रहेकी धर्मपुत्री हनीप्रित भने फरार भएकी थिइन् भने भारतीय प्रहरीले धुइँधुइँती खोजिरहेको थियो ।
तर हनीप्रित यतिबेला भेरी चर्चमा आएकी छिन् । पुलिसद्वारा उनको ३८ दिन देखी खोजी भइरहेको थियो । बाबा राम रहीमकी प्रियपात्र हनीप्रीत भारतीय टीभी च्यानल आजतकको सम्पर्कमा आएकी छन् ।
आजतकका संवाददाता सतेन्दर चौहान सँगको भेटमा उनले कुराकानीका क्रममा आफुमाथि गलत आरोप लागेको बताएकी छिन् । बाबा रामरहीम जेल गएपछि बेसहारा भएको पनि बताईन् ।