संसद् विघटनको सिफारिस असंवैधानिक : नेता नेपाल (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसद् विघटनको सिफारिस असंवैधानिक : नेता नेपाल (भिडियाेसहित)

काठमाडौं, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारद्वारा गरिएको संसद् विघटनको प्रस्तावलाई असंवैधानिक कदमको संज्ञा दिनुभएको छ ।

आइतबार ईमाउन्टेन अनलाइनसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले संसद् विघटन गर्ने प्रावधान संविधानमा नरहेको बताउनुभएको हो । नेता नेपालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने कदम आफ्नै दलका सांसद र प्रतिपक्षी दलका सांसदको भावना विपरीत रहेको भन्दै यो संविधानको विरुद्ध रहेको ठोकुवा गर्नुभयो ।

संसद् विघटनको कदम लोकतन्त्रलाई कमजोर बनाउने गरी भएको उहाँको भनाई छ । यस्तैगरी नेता नेपालले आफूहरुमाथि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको हल्ला चलेको तर त्यसो नभएको समेत प्रष्ट पार्नुभयो । यस्तैगरी राष्ट्रपति र प्रधानन्यायाधीश विरुद्ध समेत महाभियोगको हल्ला चलाएको भन्दै असन्तुष्टि जाहेर गनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);