यस्तो छ प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुको कारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

यस्तो छ प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुको कारण

काठमाडौं, २३ मंसिर । आइतबार दिउँसो एकाएक राजनीति बजार रन्कायो । त्यो थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकको समाचार । नेकपा स्वयं विवादको भूमरीमा फसेको बेला किन बोलाएको होला यो बैठक ? अहिलेसम्म राजनीति बजारमा यस्तै प्रश्न तेर्सिएको थियो ।

कतिपयले पार्टी भित्रका विरोधीलाई तर्साउन प्रधानमन्त्री ओलीले बैठक बोलाएको अनुमान गरे । कतिले बेमौसमको बाजाको संज्ञा दिनसमेत भ्याए ।

बालुवाटार स्रोतका अनुसार नेकपा भित्र विवाद चलिरहेको बेला सडकका बेग्लै दृष्यहरु देखिनुको कारण यो बैठक बोलाइएको हो । सडकमा राजसंस्था फर्काउने बहानमा प्रदर्शन भैरहेको छ । यसले संघीय गणततन्त्रमा कुनै फरक पार्न सक्ने अवस्था नभएपनि यो गतिविधिलाई सामान्य रुपमा लिन भने सकिने अवस्था छैन । तसर्थ परिवर्तन पक्षधर दलहरु एक भएको सन्देश दिन प्रधानमन्त्रीले सोमबार सर्वदलीय बैठक बोलाएको नेकपाका नेताहरुले दावी छ ।

सर्वदलीय बैठककाबारे प्रधानमन्त्री ओलीले राम्रो गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालको भनाई छ । उहाँ भन्नुहुन्छ , ‘ जति रोए पनि चिहान पुगेको मुर्दा फर्केर आउने त होइन । तर पुस १ नजिकिँदै गर्दा राजावादीहरू हौसिनुको कारण गणतन्त्रवादीहरूले आफूमा पनि खोज्नुपर्छ । प्रधानमन्त्री केपी ओलीले समयमै सर्वदलीय बैठक बोलाएर उपयुक्त संवेदनशीलता देखाउनुभएको छ ।’

Leave a Reply

ताजा समाचार