सुनको भाउ ओरालो लाग्दै, यस्तो छ आजको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनको भाउ ओरालो लाग्दै, यस्तो छ आजको भाउ

काठमाडाैं, १५ मंसिर । सुनको भाउ सोमबार पनि ओरालो लागेको छ । सोमबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँ भाउ घटेर सुन प्रतितोला ९० हजार कायम भएको छ । अहिले सुन बिक्रीको सिजन भएपनि सुनको भाउ घटिरहेको छ ।

बिहेको सिजन चलेपनि सुनको भाउ घट्नुमा अन्तर्राष्ट्रिय बजार कारक रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा नै घटेकाले नेपाली बजारमा समेत घटेको हो ।

यस्तै तेजावी सुन पनि प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ तोेकिएको छ । यस्तै चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);