गुल्मी जीप दुर्घटना (अपडेट) : मृतकको संख्या ६ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

गुल्मी जीप दुर्घटना (अपडेट) : मृतकको संख्या ६ पुग्यो

गुल्मी, १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहान इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी ,१९ वर्षिय फर्सुराम थापा र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापा, वर्ष २६ काे कमल धिताङ इस्मा गाउँपालिका ४ काे – २८ वर्षीया सरस्वती दर्लामी रहेका छन् ।

दुर्घटनामा चालक र सह–चालक भने सकुसल रहेको बताइएको छ । चालक र सह- चालककाे लापरबाहीका कारण गाडी दुर्घटना भएको अनुमान स्थानीयले गरेका छन् ।

Leave a Reply