आगामी चुनावमा तालमेल गर्ने एमालेको रणनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आगामी चुनावमा तालमेल गर्ने एमालेको रणनीति

kp oli

काठमाडौँ, १६ असोज । नेकपा ९एमाले०ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको स्थायी कमिटीको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो । सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र० संग भने तालमेल गर्ने भनिए पनि निर्णय भने भएको छैन ।

यसअघि, सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरिसकेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);