माओवादी केन्द्रसँग आगामी चुनावीमा तालमेलको प्रक्रिया अघि बढाउने एमालको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रक्रिया अघि बढाउने बताएको छ ।

आइतबार बिहान बसेको एमाले स्थायी कमिटीको बैठकले आगामी निर्वाचनमा सम्पूर्ण वामपन्थी र प्रगतिशिल पार्टीसंग एकता गर्दै चुनाबको तयारी जुट्ने निर्णय गरेको हो ।

साथै एमालेले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीलाई सवैभन्दा ठुलो बनाउने गरि लाग्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको छ ।

प्रदेश नम्बर २ मा भएको तेश्रो चरणको चुनावमा एमालेलाई प्रवेश निषेध भनेर प्रचार गर्दापनिसमग्र सिट सख्याको आधारमा एमाले दोश्रो स्थानमा रहनु सुखद भएको निष्कर्ष बैठकले निकालेको छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);