श्रृंगला र वेईको भ्रमण : प्रधानमन्त्रीबाट सुरक्षा अधिकारीसँग परामर्श | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

श्रृंगला र वेईको भ्रमण : प्रधानमन्त्रीबाट सुरक्षा अधिकारीसँग परामर्श

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सुरक्षा चासोमा केन्द्रित रहेर चार वटै सुरक्षा निकायका प्रमुखसँग परामर्श गर्नुभएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखसँग आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले परामर्श गर्नु भएको हो ।

भारतिय विदेश सचिव हर्षबर्धन श्रृंगलाको आगामी मंगसिर ११ गतेको नेपाल भ्रमण र चीनका रक्षा मन्त्री वेई फेंग हेको मंगसिर १४ गतेको नेपाल भ्रमणको सन्दर्भ समेत प्रधानमन्त्रीसँगको परामर्षको प्रसंग बनेको भन्दै प्रधानमन्त्री ओलीले भारत र चीनबाट उच्च पदस्त व्यक्ति आउन लागेकाले सुरक्षा चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);