प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङ जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

प्रधानमन्त्री ओली सोमबार ताप्लेजुङ जाँदै

pm oli azerbaijan prasthan

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली भोली सोमबार ताप्लेजुङ जाने कार्यक्रम तय भएको छ । गत मंसिर ५ गते प्रधानमन्त्रीको ताप्लेजुङ जाने कार्यक्रम तय भएको भएपनि पार्टी भित्रको आन्तरिक किचलो बल्झिएका कारण प्रधानमन्त्रीको त्यस तर्फ जाने कार्यक्रम सो दिन रद्द गरिएको थियो ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रम तयार गरेर सोमबार बिहान ७ बजे नेपाली सेनाको हेलिकप्टर मार्फत ताप्लेजुङ जान लाग्नुभएका प्रधानमन्त्री ओलीको फक्तालूंग– ६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य चौकी उद्घाटनको कार्यक्रम समेत रहेको छ ।

सो अवसरमा प्रधानमन्त्रीले जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण गर्नुहुने छ ।

यसअघि प्रधानमन्त्री संखुवासभा पुगेर त्यहाँ भइरहेको विकास निर्माण परियोजनाको पनि निरीक्षण गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);