प्रचण्ड परिवारसहित युएई प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रचण्ड परिवारसहित युएई प्रस्थान

prachanda

काठमाडौं, १४ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गर्नु भएको छ ।

अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सिता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गर्नु भएको हो । लामो समयदेखि बिरामी पत्नी सिताको इच्छामा यो भ्रमण गरिएको जनाइएको छ । ५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको पनि बताइएको छ ।

अध्यक्ष दाहालले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराउनु भएको थियो । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको पनि स्वास्थ परीक्षणका लागि आगामी शनिबार सिंगापुर जाने कार्यक्रम तय गरिएको छ । अध्यक्षद्धय ओली र दाहाल विदेश भ्रमणमा निस्कने भएपछि पार्टी सचिवालय बैठक पनि दुई हप्तापछि सारिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);