गुल्मीको रेसुङ्गा नगरपालिकामा ९ दिन लकडाउन | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

गुल्मीको रेसुङ्गा नगरपालिकामा ९ दिन लकडाउन

गुल्मी, ४ मंसिर । गुल्मीको रेसुङ्गा नगरपालिका लकडाउन भएको छ । नगरपालिका भित्र समुदाय स्तरमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेकोले नगरपालिका पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

सदरमुकामसहित आसपासका क्षेत्र समेटेर बनेको रेसुङ्गा नगरपालिका मंसिर ४ गते राती १२ बजेदेखी मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन गरिएको नगरपालिका प्रमुख डिल्लीराज भुषालले बताउनुभयो । लकडाउन अवधिभर अति–आवश्यक बाहेकका सबै सेवा बन्द गर्न आदेश गरेको छ ।

नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ । कुनै पनि ठाउँमा १० जना भन्दा बढी भेला नहुन पनि नगरपालिकाले आग्रह गरेको छ । तरकारी फलफुल दुध तथा दुग्धजन्य पदार्थको बिक्री बितरण स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिहान ७ देखी ९ बजे र साँझ ५ बजेदेखी ६ः३० बजेसम्म गर्न पाइने छ ।

अन्य पसलहरु बिहान ७ बजेदेखी ९ बजेसम्म मात्रै संचालन गर्न पाइने रेसुङ्गा नगरपालिकाले जनाएको छ । अन्य स्थानबाट आउने सवारीसाधन निश्चित पार्किङ्क स्थलमा मात्रै रोक्न पाइने छ । उद्योगधन्दा, निार्माणकार्य गर्ने स्थानमा कामदारलाई सोही ठाउँमा नै खाना बस्न ब्यवस्था गर्नुपर्ने छ ।

लकडाउन अवधिभर तोकिएको मापदण्ड विपरीत कार्य गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कार्वाही गरिने रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);