रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर आजपनि खुल्ला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर आजपनि खुल्ला


काठमाडाैं,२ मंसिर । नेवार समुदायका केही समूहले भाइटीका लगाउने भएपछि काठमाडौंको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिर आजपनि खुल्ला गरिएको छ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजे सम्म खुल्ला हुने भएको हो ।

दिदी बहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने प्रचलन रहेको छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ । यसपटक सोमबार र मंगलबार टीका लगाउने भएपछि मन्दिरलाई दुई दिन नै खुल्ला गरिएको हो ।

मंगलबार बिहान पनि केही समय द्वितीय तिथि रहेकाले नेवार समूदायका केही समूहले आज भाइटीका लगाएक हुन् नेवार समुदायको भाइटीका अर्थात किजा पूजाका लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएकोछ । ५ वर्ष पछि पुनः बालगोपालेश्वर मन्दिरमा पूजा गरी भाइटीका लगाउने व्यवस्था गरिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);