बागलुङमा १५० केजी गाँजा सहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

बागलुङमा १५० केजी गाँजा सहित एकजना पक्राउ

बागलुङ, ३० कार्तिक । जिल्ला प्रहरी कार्यालय बाग्लुङले लागू पदार्थ १५० केजी गाँजा सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ । बाग्लुङ जिल्लाको पश्चिम निसि खोला गाउँ पालिका वडा नम्बर ६ लुप्राङ्गका ३४ बर्षिय टेकबहादुर घर्तीलाई १५० केजी अवैध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरक्षक प्रकाश सिंह भण्डारीको कमाण्डमा गएको टोलीले घर्तीको बारीमा तयारी अवस्थामा लुकाइ राखिएको ७ बोरा गाँजा सहित निज घर्तीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गए राती सादा पोशाकमा खटिएका प्रहरीले बोरामा लुकाइ छिपाइ राखिएको लागू पदार्थ गाँजा भएको पुष्टि भएपछि तत्काल प्रहरी टोलीले घर्तीलाई पक्राउ थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

यस अघि बाग्लुङ जिल्लाको पश्चिम निसि खोला गाउँ पालीका वडा नम्बर ६ का वडा अध्यक्ष पनि ८६ केजी लागू पदार्थ गाँजा सहित पक्राउ परेका थिए ।

Leave a Reply

ताजा समाचार