२०२१ को अप्रिलसम्ममा कोरोना विरुद्धको खोप सबै अमेरिकिलाई उपलब्ध हुने राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८२, बिहीबार

२०२१ को अप्रिलसम्ममा कोरोना विरुद्धको खोप सबै अमेरिकिलाई उपलब्ध हुने राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी

एजेन्सी, २९ कार्तिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिलसम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने दावी गर्नू भएको छ । ट्रम्पले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै अमेरिकीका लागि नै उपलब्ध हुने दाबी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ट्रम्पले अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजय भएपछि पहिलो पटक यो सार्वजनिक रुपमा मन्तव्य दिनुभएको हो । मन्तव्यमा अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको पनि राष्ट्रपति ट्रम्पले उल्लेख गर्नुभयो ।

अप्रिल महिनासम्ममा सबै अमेरिकीलाई दिइने यो खोप पहिलो चरणमा कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिइने ट्रम्पको भनाई छ । पिफिजर कोभिड १९ नामको खोप सबै अमेरिकी नागरिकलाई प्राप्त हुने भन्दै अमेरिकाको लगानीका कारण यो सबै सम्भव भएको पनि उहाँले बताउनुभयो ।

हालै निर्वाचन परिणामको बारेमा भने ट्रम्पले कुनै प्रतिक्रिया दिनु भएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);