काठमाडौं, २८ कार्तिक । नेपाल र बंगलादेशबीच आज मैत्रिपूर्ण फुटबल प्रतिस्पर्धा हुँदैछ । बंगलादेशसँग नेपालले पहिलो मैत्रिपूर्ण खेल्दा नेपाली टोली करिब नौ महिना पछि फुटबल मैदान फर्किनेछ ।
ढाका स्थित बंगबन्धु रंगशालामा दिउसो पौने पाँच बजे हुने खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामाना गर्न लागेको हो । दुई मैत्रिपूर्ण तालिका बनाएर एक साता अघि बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशमा एक साता अभ्यास गरेको छ ।
एक साता काठमाडौंमा अभ्यास गरेर ढाका प्रस्थान गरेको नेपाली टोली घरेलु टोलीविरुद्ध सुखद नतिजाको खोजीमा हुनेछ । मुजिव बर्सो सिरिज नाम दिइएको यस प्रतियोगितामा २ वटा खेल हुने छन् ।