एजेन्सी , २७ कार्तिक । फिफा मैत्रीपूर्ण खेलमा ग्रिसले जित निकालेको छ । बुधबार राति भएको खेलमा ग्रिसले २–१ गोल अन्तरले साइप्रसलाई पराजित गरेको हो ।
ग्रिसको जितमा जोलिस र गियकोउमाकोसले एक-एक गोल गरे । खेलको आठौं मिनेटमा ग्रिसले जोलिसको गोलमा अग्रता बनाएको थियो । त्यसपछि १८ औं मिनेटमा गियकोउमाकोसले ग्रिसको अन्तर दुई शुन्यमो पुर्याए ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको ग्रिसले ५८ औं मिनेटमा एक गोल खायो । साइप्रसका लागि लियाले गोल गरे । तर त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र ग्रिस दुई एकले विजयी भयो ।