आज विजया दशमी, मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरिने | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

काठमाडौं, १४ असोज । आज आश्विन शुक्लदशमी अर्थात विजया दशमी । मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ ।

आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ । यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको तथा देवी भगवतीले महिषासुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ । आश्विन शुक्लपक्षको प्रतितपदाका दिनदेखि दशैंघरमा देवी भवानीका आव्हान गरी शुरु गरिएकोे विशेष पूजाआजा आज विधिपूर्वक विसर्जन गरिन्छ । यसपछि नवदुर्गा भवानीको प्रतीक पूर्णघडाको जलअभिषेक गरी घरघरमा ठूलाबडा तथा मान्यजनबाट देवीको प्रसाद टीका र जमरा लगाई आशीर्वाद थापिन्छ ।

आज विजया दशमीको टिका लगाउने शुभ साइत बिहान ११ बजेर ५५ मिनेट जांदा उत्तम रहेको नेपाल पञ्चाग निर्णायक समितिले जनाएको छ । तर आफूलाई पायक पर्ने जुनसुकै समयमा पनि टीका लगाउन सकिने समितिका अध्यक्ष रामचन्द्र गौतमले बताउनुभयो । प्रसाद लगाउने दिन भएकाले साइत हेरिरहन नपर्ने पनि गौतमले बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);