बाँकेमा ३५ करोड लागतमा निर्मित 'ह्याप्पी वर्ल्ड फनपार्क' संचालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

बाँकेमा ३५ करोड लागतमा निर्मित ‘ह्याप्पी वर्ल्ड फनपार्क’ संचालनमा

नेपालगञ्ज, २५ कार्तिक । बाँके कोहलपुरमा आकर्षक फनपार्क सोमबारदेखि संचालनमा आएको छ । ३५ करोड लागतमा निर्माण गरीएको ह्याप्पी वर्ल्ड फनपार्क कोहलपुर नगरपालिका–१४ हवलदारपुर निर्माण गरीएको फनपार्क कोरोना भाइरस सन्त्रासकै बीच स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर संचालनमा ल्याईएको ह्याप्पी वर्ल्ड फनपार्कका प्रवन्ध निर्देशक विजय भण्डारी (बासु)ले जानकारी दिनुभएको छ ।

प्रवन्ध निर्देशक भण्डारीका अनुसार ३५ करोड लागतमा निर्माण गरिएको सो फनपार्क कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै केही समय ढिलो संचालनमा आएको बताउनुभयो । उद्घाटनका अवसरमा सोमबार पहिलो दिन प्रवेश निःशुल्क गरीएको थियो ।

फनपार्कमा स्काई साइक्लिङ्ग, जिपप्ले, बुल राईड, जाइन्ट सिरिङ्ग, वाल क्लाम्बिङ्ग र बच्चाहरुको लागि बञ्जि लगायतका अन्य सुविधाहरु समेत उपलब्ध गराईएको भण्डारीले बताउनुभयो।

नेपालगञ्जका २५ जना प्रतिष्ठित ब्यापारीहरुको समुहले संचालनमा ल्याएको फनपार्कमा ह्याप्पी वर्ल्डमा वाटर फनका साथै रेष्टुरेण्ट र ब्यांकेटसम्मको सुविधा हुनेछ । फनपार्क भित्र गेमिङ्ग आनन्द लिन प्रत्येक ईभेन्ट अनुसार १५० देखि २५० सम्म शुल्क निर्धारण गरीएको उल्लेख गर्दै भण्डारीले भने, ‘पहिलो दिन हामी निःशुल्क प्रवेश गराउनेछौं । त्यसपछिका दिनमा प्रवेश शुल्कबापत प्रतिब्यक्ति एक सय रुपैयाँ लिइनेछ ।’

कोरोना भाईरसको संक्रमण जोखिम कायमै रहेकाले तत्काल स्वीमिङ्ग पुल लगायतका केही सुविधा बाहेक अन्य गेमहरु मात्र संचालन गरीएपनि केही समय पश्चात पुन सबै सुविधाहरु सहित फन पार्कको ग्राण्ड ओपेनिङ्ग गरीने भण्डारीले बताउनुभयो।

सोमबारदेखी संचालनमा आएको फनपार्क ह्याप्पी वर्ल्ड बाँकेमा सञ्चालनको तयारीमा रहेका तीनवटा मध्ये सबैभन्दा पहिले निर्माणको काम शुरु गरेको योजना हो । यस बाहेक राँझा नजिकको फनपार्क निर्माणाधिन अवस्थामा छ भने नेपालगञ्जको भवनीयापुरमा रहेको फनपार्क केही समय अघि सञ्चालनमा आइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);