रौतहट सरदमुकाम गौरमा सुबिधा सम्पन्न बसपार्क निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

रौतहट सरदमुकाम गौरमा सुबिधा सम्पन्न बसपार्क निर्माण

राकेश यादव,२१ बैशाख ,रौतहट ।
रौतहटको गौरमा आधुनिक सुबिधा सम्पन्न बसपार्क संचालनमा आएको छ । निमार्ण भएको धेरै बर्षपछि गौरमा रहेको बसपार्क संचानमा आएको हो । केही दिन देखि विधिवत रुपमा गौर बसपार्क संचालनमा ल्याइएको छ । गौर नगरपालिका ७ मा दुइ विगहा १० कठ्ठा जमिनमा सुबिधा सम्पन्न बसपार्क निमार्ण गरीएको थियो । राजनितिक

रौतहट सरदमुकाम गौरमा सुबिधा सम्पन्न बसपार्क निर्माण

राकेश यादव,२१ बैशाख ,रौतहट ।

रौतहट सरदमुकाम गौरमा सुबिधा सम्पन्न बसपार्क निर्माण राकेश यादव,२१ बैशाख ,रौतहट । रौतहटको गौरमा आधुनिक सुबिधा सम्पन्न बसपार्क संचालनमा आएको छ । निमार्ण भएको धेरै बर्षपछि गौरमा रहेको बसपार्क संचानमा आएको हो । केही दिन देखि विधिवत रुपमा गौर बसपार्क संचालनमा ल्याइएको छ । गौर नगरपालिका ७ मा दुइ विगहा १० कठ्ठा जमिनमा सुबिधा सम्पन्न बसपार्क निमार्ण गरीएको थियो । राजनितिक दलका स्थानिय नेताहरु बिच खिचातानी हुदा निमार्ण सम्पन्न भएपनि संचालन आउन सकेको थिएन । स्थानियहरुले बसपाक संचालनमा ल्याउनकालगागी सकृया देखाएपछि बसपार्क संचालनमा आएको हो ।

 

तत्कालिन नगरपरिषदले नगर विकास कोषबाट बसपार्क निमार्ण गर्ने निर्णय अनुसार नगरपालिका तथा नगर विकास कोषको आर्थिक सहयोगमा मध्यतराइ कै नमूना तथा आधुनिक बसपार्क निर्माण भएको आन्त्रिक लेखा अधिकृत सरोज लाल दासले बताए । गौर नगरपालिकाको २३ लाख १० हजार र बाकी रकम नगर बिकाश कोषको गरी चार करोड ७८ लाख ५३ हजार रुपैयाको लागतमा बसपार्क निमार्ण भएको गौर नगरपालिकाका आन्त्रिक लेखा अधिकृत दासले जानकारी दिएका छन । बसपार्क संचालनमा आएपछि सवारी व्यवस्थापनमा सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्र.ना.नि. जगदिश कुमार सिहंले बताएका छन ।

 

गौर बाट दैनिक दिवा तथा रात्री गरी करीव एकसय वटा बस संचालनमा रहेको र यसअघि ति बसहरु बजारक्षेत्रमा मा नै पार्किङ्ग गर्ने गरीएको थियो । नगरपालिकाले ठेक्का मार्फत बसपार्क संचालनमा ल्याएको छ । बस पाक संचालनमा आएपछी हामीलाई धेरै सुबिधा भएका छन र पार्कमा यात्रुहरुकालागी बस्ने खाने सुबिधा भए अझै राम्रो हुन्छन भने चपुरबाट सदमुकाम गौर आएका एक यात्रु नानु थापाले बताए । बस पार्क संचालन भएकोमा हामी खुशी भए पनि पार्कमा खाना खाने होटल र बस्नका लागी लज नभएकाले हामीलाइ कठिनाइ भईरहेका गौर बस ब्यवसाय का इन्चाज अनिल थापा लगाएत बस चालकहरुले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);