विजय भएको घोषणा नगर्न बाइडनलाई ट्रम्पको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

विजय भएको घोषणा नगर्न बाइडनलाई ट्रम्पको चेतावनी

एजेन्सी , २२ कार्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन् । राष्ट्रपति पदको निर्वाचनमा बाइडन जित नजिक पुगेका समाचार आइरहेका बेला ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

ट्रम्पले ट्विट गर्दै लेखेका छन्, ‘जो बाइडन गलत तरिकाले राष्ट्रपति पदको दावी गर्नु हुँदैन। म त्यो दावी पनि गर्न सक्दछु। कानूनी कारवाही भर्खरै सुरु भइरहेको छ ! ‘

डेमोक्र्याटीक पार्टीका नेता बाइडन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेन्सिल्भेनिया राज्यमा जितको नजिक पुगेको देखिएको छ । उक्त राज्यमा जित हासिल गरेमा त्यसबाट प्राप्त हुने २० इलेक्टोरल मतले बाइडनलाई ह्वाइट हाउस दिलाउनेछ ।

पेन्सिल्भानियाका अतिरिक्त बाइडन जोर्जिया, नेभाडा र एरिजोनामा पनि अगाडि छन्।

त्यसतर्फ इँगित गर्दै ट्रम्पले निर्वाचन लगत्तैका समयमा आफूले बनाएका अग्रता ‘आश्चर्यजनक’ ढङ्गले हराइरहेको बताएका छन् ।

अमेरिकाका ५० मध्ये ४४ राज्यको मतगणनाको परिणाम आइसकेको छ । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्नेमा बाइडनले २५३ र ट्रम्पले २१४ मत पाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);