बिहारमा आज अन्तिम चरणको मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

बिहारमा आज अन्तिम चरणको मतदान हुँदै

एजेन्सी, २२ कार्तिक । भारतको बिहार राज्यमा आज विधानसभाको अन्तिम चरणको मतदान भइरहेको छ । सीमाञ्चल र मिथिलाञ्चल क्षेत्रका १५ जिल्लामा हुन लागेको मतदानमा ७८ सिटका लागि १२ सय ४ जना उमेद्वार चुनावी मैदानमा छन् ।

२४३ कुल विधानसभा सिटमध्ये यसअघि पहिलो र दोस्रो चरण अन्तर्गत क्रमशः ७१ सिट र ८४ सिट गरी कुल १४५ सिटको लागि मतदान सम्पन्न भइसकेको छ । २८ अक्टोबरमा पहिलो चरणको चुनाव सम्पन्न भएको थियो भने दोस्रोमा नोभेम्बर ३ का दिन बिहारमा चुनाव भएको थियो ।

तेस्रो चरणमा हुन लागेको निर्वाचन क्षेत्रमा उपेन्द्र कुशवाहाको राष्ट्रिय लोकसमता पार्टी, असदद्दीनको बीएसपी र पूर्व सांसद पप्पु यादवको जन अधिकार पार्टीबीच मुख्य प्रतिस्पर्धा छ ।

यसअघि २०१५ मा भएको निर्वाचनमा ७८ सिटमध्ये ५४ सिट जनता दल युनाइटेड, राष्ट्रिय जनता दल र कांग्रेसको गठबन्धनले जितेको थियो । बीजेपी, एलजेपी, आरएलएसपी र हिन्दूस्तान आवाम पार्टीको गठबन्धनले भने २४ सिटमात्र जितेको थियो । यसमा पनि सबैभन्दा बढी बीजेपीले १९ सिटमा बाजी मारेको थियो ।

अहिलेको चुनावमा बीजेपीले ३५ र जेडीयूले ३७ जना उम्मेदवार खडा गरेको छ । मुकेश सहनीको विकासशील इन्सान पार्टीले पनि ५ जना उम्मेदवारको भाग्य परीक्षण गर्दैछ । यता जनता दलले ४६ र कांग्रेसले २५ उम्मेदवार मैदानमा उतारेको छन् भने नितिश कुमार सरकारका १२ मन्त्री पनि मैदानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);