साताको अन्तिम दिन नेप्से ४.४७ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

साताको अन्तिम दिन नेप्से ४.४७ अंकले घट्यो

share bazar oralo

काठमाडौं, २० कार्तिक शेयर कारोबार साताको अन्तिम दिन बिहीबार शेयरबजार नेप्से चार दशमलब चार सात अंकले घटेर परिसूचक एक हजार ६ सय ३६ दशमलब एक सात अंकमा पुगेको छ ।

२ सय कम्पनीका ९१ लाख २३ हजार ८ सय ९६ कित्ताशेयर ३५ हजार ३ सय ३५ पटकको कारोबारबाट २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १ सय ७७ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा भने दुई दशमलब एक चार अंकको गिरावट आएको छ ।

बिहीबार कारोबार भएका १२ मध्ये ८ वटा समूहको सूचक ओरालो लागेको छ । होटल, विकास बैंक, जलविद्युत र जीवन बीमा समूहको सूचक भने उकालो लागेको छ । बिहीबार प्राईम कमर्सियल बैंकको सबैभन्दा बढीको कारोबार हुँदा शेयर कारोबारका आधारमा अरुण काबेली पावर लिमिटेड अगाडि रहेका छन ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन ।

Leave a Reply