स्वास्थ्य मापदण्ड अपनाएर चलचित्र उद्योग खुल्ला गर्न चलचित्र व्यवसायीको माग (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्वास्थ्य मापदण्ड अपनाएर चलचित्र उद्योग खुल्ला गर्न चलचित्र व्यवसायीको माग (भिडियोसहित)

काठमाडौं, १५ कार्तिक । नेपालमा विभिन्न उद्योग व्यवसायहरु सुचारु भएसँगै चलचित्र व्यवसायीहरुले पनि स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर चलचित्र उद्योगहरु सञ्चालन गर्न पाउनु पर्ने चलचित्र व्यवसायीहरुले माग गरेका छन् । सरकारले चलचित्र व्यवसाय खुल्ला गर्न अनुमति दिएको खण्डमा सरकारले तोकेको मापदण्ड पालना गरेर चलचित्र उद्योग सञ्चालन गर्ने आफुहरुको प्रतिबद्धता रहेको नेपाल चलचित्र व्यवसायी महासंघको भनाई छ ।

कोरोना भाइरसका कारण चलचित्र व्यवसायीक क्षेत्र पनि प्रभावित भएको समयमा सरकारले मनोरञ्जन कर भने उठाइरहेको भन्दै व्यवसायीहरुले आक्रोश व्यक्त गरेका छन् । चलचित्र उद्योग सञ्चालनमा नआएसम्मका लागि सरकारले उद्योगहरुको कर मिनाहा गर्नुपर्ने नेपाल चलचित्र व्यवसायी महासंघको माग छ ।

हेर्नुहोस भिडियो :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);