बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु

nepali football-fifa ranking

फाइल फोटो

काठमाडौं, १३ कार्तिक । कोरोना महामारीका बीच बंगलादेशसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण बिहीबारदेखि सुरु भएको छ कार्तिक २८ र मंसिर २ गते बंगलादेशमा हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण बिहीबारदेखि सुरु भएको हो ।

प्रशिक्षणका लागि बुधबारसम्म सबै खेलाडीलाई काठमाडौं आइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले अनुमति दिएपछि प्रशिक्षण सुरुगर्न लागिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । कोरोना महामारीका कारण प्रशिक्षण अवधि छोटो भए पनि बंगलादेशविरुद्ध सकारात्मक नतिजा आउने नेपाली टोलीको विश्वास छ ।

फिफा वरीयतामा नेपाल १ सय ७० औं र बंगलादेश १ सय ८७औं स्थानमा छन । नेपालका नियमित प्रमुख प्रशिक्षक जोहान कालीन कोरोना महामारीका कारण स्विडेनबाट फर्कन नपाएपछि मैत्रीपूर्ण खेलका लागि बाल गोपाल महर्जनले प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

किरण श्रेष्ठलाई सहायक प्रशिक्षक तथा विकास मल्ललाई गोलिकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

प्रशिक्षणका लागि बोलाइएका ३३ खेलाडी

अभिशेक रिजाल, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, रञ्जित धिमाल, विकेश कुथु, सुमन अर्याल, नवयुग श्रेष्ठ, सेसेहाङ्ग आङदेम्बे, जर्जप्रिन्स कार्की, विकास खवास, सरोज दाहाल, अमित तामाङ, सुवास गुरुङ, तेज तामाङ, अजित भण्डारी, रवी पासवान, सुनील वल, छिरिङ गुरुङ, आशिष लामा, अनन्त तामाङ, विक्रम लामा, मिक्चेन तामाङ, दिलेन लोक्तान, अञ्जन विष्ट, पुजन उपरकोटी, विमल राना, दिप कार्की, अरिक विष्ट, दर्शन गुरुङ, रोहित चन्द र किरण लिम्बु ।

Leave a Reply