काठमाडौं, ५ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३ सय ९१ जना, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।




