काठमाडौं, ४ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३ हजार ९३ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।




