१ लाख बढि रकम सहित ५ ब्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

१ लाख बढि रकम सहित ५ ब्यक्ति पक्राउ

दाङ, २ कार्तिक । दाङमा प्रहरीले एक लाख बढि नगद सहित ५ जना ब्यक्तिलाई पक्राउ गरिएको छ । शनिबार राति ११ बजे घोराही उपमहानगरपालिका १५ जनकल्याण टोल स्थित प्रवीण खत्रीको घरमा जुवा खेलिरहेको अबस्थामा १ लाख ३७ हजार ९४० रुपैयाँ नगद सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा घोराही १५ का ३० बर्षीय प्रवीण खत्री, सोही ठाउँका ३५ बर्षीय दिलबहादुर घर्ती मगर, ४० बर्षीय हेमन्त बुढाथोकी, ४९ बर्षीय भरत जीएम, २७ बर्षीय गोविन्द शाह रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट जुवा खेल्न प्रयोग भएका २ गड्डी र नखेलेको १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);