बंगलाचुलीमा योजनाहरुमा दोजर र स्काभेटर प्रयोग गर्न नपाइने | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

बंगलाचुलीमा योजनाहरुमा दोजर र स्काभेटर प्रयोग गर्न नपाइने

दाङ, २९ असोज । दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को लागि छनौट भएका योजनाहरुलाई श्रमको माध्यमबाट सम्पन्न गर्ने भएको छ । गाउँपालिकाको ८ वटै वडामा छनौट भएका विकास निर्माणका योजनाहरुमा उपभोक्ता समिति मार्फत स्थानियहरुलाई श्रम लगाई योजना सम्पन्न गर्ने रणनिती लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिनु भयो ।

श्रममा आधारीत योजनाले कोभिड–१९ का कारण गाउँमा रहेका वेरोजगार जनशक्तिले रोजगार पाउने र उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा राखिएको समेत उहाँले बताउनुभयो । ८ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुले योजनाहरु सम्पन्न गर्न डोजर र स्काभेटर प्रयोग गर्न पाउँने छैनन् । जसका लागि गाउँपालिकाद्वारा उपभोक्त समितिका पदाधिकारीहरुलाई योजना सम्पन्न गर्नका लागि अभिमुखिकरण कार्यक्रम मार्फत प्रशिक्षित गर्ने काम भइरहेको छ ।

त्यस्तै गाउँपालिकाले वडा नं. १ देखि वडा नं. ६ सम्मका उपभोक्ता समितिका पदाधिकारीहरुलाई श्रममा आधारीत योजना सम्पन्न गर्नका लागि प्रशिक्षत गरेको अधिकृत वलीले जानकारी दिनुभयो ।त्यस्तै वडा नं. ७ र ८ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना संचालन तथा सम्पन्न गर्ने विषयमा प्रशिक्षित गरिने समेत उहाँको भनाई छ ।

त्यसैगरी विकास निर्माणका योजनाहरुमा डोजर लगाउँदा स्थानिय बेरोजगार भएको हुँदा गाउँपालिकाले श्रममा आधारित योजना संचालन गरेको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनुभयो । साथै गाउँपालिकाको विकास संगसंगै वेरोजगार जनशक्तिले रोजगार पाउने हुँदा सबै उत्साहपूर्ण तरिकाले श्रममा आधारित योजनाको काममा सहभागि हुने समेत उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);