देउवामाथि लगाएको आरोप पुष्टि गर्न बाबुरामलाई कांग्रेसको चुनौती | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

देउवामाथि लगाएको आरोप पुष्टि गर्न बाबुरामलाई कांग्रेसको चुनौती

bishwo prakash sharma

हलुका टिप्पणीहरुलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन

काठमाडौं, २५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. बाबुराम भट्टराईको अभिव्यक्तिमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै प्रमाणको दाबा पुष्टि गर्न चुनौति सहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील गर्नु भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसले बुढिगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापति समेतको संलग्नता रहेकोे भनेर पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईलेको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।

‘भट्टराई बुढीगण्डकी बारे ज्वलन्त प्रश्न सम्बन्धि तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा पर्नु भएको छ । हलुका टिप्पणीहरुलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन । तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘म संग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुनजान्छ ।’ विज्ञप्तिमा थप भनिएको छ ।

भट्टराईले केही दिन अगाडि गृह जिल्ला गोरखा पुगेर एक कार्यक्रममा बुढिगण्डकी जलविद्युत परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ भष्टाचार गरेको प्रमाण आफूसँग रहेको बताएका थिए ।

यस्तो छ कांग्रेसको विज्ञप्ति

Leave a Reply