प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । सामाजिक संजाल ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

राष्ट्रपति ट्रम्पलाई मेन्सन गरिएको ट्वीटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको स्वास्थ्य लाभको कामना गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएसँगै वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

शुक्रबार गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि उहाँ ह्वाइट हाउसमै आइसोलेसनमा बसेपनि ज्वरो नघटेपछि सैन्य अस्पताल भर्ना गरिएको हो । राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना गर्दै विश्वभरका नेताहरुले सन्देश पठाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);