काठमाडौँ, १० असोज । लोकगायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल ओली नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
उनीसँगै कांग्रेसका प्रवाभशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का, निर्माण व्यवसायी भलिभद्र राना, विकास पुनलगायत एमालेमा प्रवेश गरेका हुन् ।
ओलीले आउँदो निर्वाचनमा एमालेबाट सांसदको टिकट पाउने पक्का भएको स्रोतले बताएको छ । आनको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।